प्रेरणा

आमा-बुवाबाट दैनिक आशिर्वाद लिनुहोस्, हाम्रो कारण उनीहरुलाई दुःख पुगे यो पाप हुन्छ

काठमाडौँ । आमा-बुवा भगवानका रुप हुन् र सधैँ पूजनीय हुन्छन् । छोराछोरीको कारण आमा-बुवालाई दुःख पुर्याउनु हुन्न । सधैँ सम्मान र उच्च स्थानमा उनीहरुलाई राख्नु पर्दछ । यसै सम्बन्धमा यो घटना मनन गरौँ ।

महाभारतमा श्रीकृष्ण र बलरामलाई कंसले गोकुलबाट मथुरा बोलाएका थिए । कंस उनीहरुको हत्या गर्न चाहन्थे । सो समय कंसले एक रंगशाला बनाएका थिए । त्यहाँ हात्तीलाई रक्सी ख्वाएर श्रीकृष्ण र बलरामको अगाडि छाडिदिए । दुबै मिलेर हात्तीलाई मारिदिए । यसपछि श्रीकृष्णले कंसको पनि वध गरिदिए । मथुराका जनताले उनीहरुलाई माया गरेर जयजयकार गरे, बाेकेर उठाए । सबैले मथुराको राजा श्रीकृष्ण बन्नुपर्ने धारणा राखे ।

श्रीकृष्णले भने- यो समय मलाई तल उतार्नुहोस् । म पहिला कारागार जान्छु, जहाँँ मेरा माता-पिता देवकी र वासुदेवलाई कैद गरिएको छ । उनलाई मुक्त गराउनु छ । दुबैभाई दौडँदै कारागार पुगे । जब देवकी वासुदेवले उनीहरु दुइलाई देखे, उनीहरुले आफ्ना बच्चा आएको बुझे ।

सो समय श्रीकृष्णले हात जोडेर माता-पितासँग भने- ११ वर्ष भयो । जन्मपछि मलाई गोकुल छाडियो । यो ११ वर्षमा कंसले धेरै यातना दिए । उनी मलाई मार्न चाहन्थे तर दुःख तपाईंहरुलाई दिए । मेरो नजरमा सबैभन्दा ठूलो पाप यहि हो । जब कुनै सन्तानको कारण उसका माता-पितालाई दुःखको सामना गर्नुपरेको छ । सन्तानको कर्तव्य यो हुन्छ कि माता-पितालाई सुख दिने र उनको सेवा गर्ने । म यसकारण सबैभन्दा पहिले तपाईंकोमा आएँ, अब तपाईं जस्तो निर्णय लिनुहुन्छ म पालना गर्नेछु ।

यसकारण कहिल्यैपनि कुनै कामले माता-पितालाई कष्ट हुन्छ भने नगर्नुहोस् । हरेक काम गर्दा आज्ञा लिनुहोस् । दैनिक उनीहरुलाई प्रणाम गर्नुहोस् र आशिर्वाद लिनुहोस् । अनिमात्र भगवानाको कृपा प्राप्त गर्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत