समाज

जबरजस्ती करणी गरेको अभियोगमा बृद्ध पक्राउ

उदयपुर । जबरजस्ती करणी गरेको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षका बृद्ध सोमबार पक्राउ परेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने सूर्य पोखरेललाई  प्रहरीले पक्राउ गरेको हो ।

पोखरेलले  बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत