समाज

महामारीमा विमानस्थलबाट मानव तस्करी भएको खुलासा 

काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करी हुने गरेको कुरा बाहिर आएको छ । कोरोना महामारीको समयमा अध्यागमनका कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा मानव तस्करी भइरहेको कुरा बाहिरिएकाे हाे ।

गृह मन्त्रालयले यस विषयमा छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै भिजिट भिसाबाट खाडी देशमा ठूलो संख्यामा युवा–युवतीहरु गएको र यसमा सेटिङ रहेको सूचनाका आधारमा मन्त्रालयले छानबिन थालेको जनाएको छ । छानबिन थालेपछि दैनिक रुपमा ठूलो संख्यामा भिजिट भिसामा विदेश जान लागेकालाई अफलोड गर्न थालिएको छ । शनिबार राती मात्र ८० भन्दा धेरैलाई फकाईएको छ ।

अध्यागमन कर्मचारीको मिलेमेताको आशंकामा गृह मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वमा एक समिति गठन गरेको छ । खासगरी रातीको उडानमार्फत ठूलो संख्यामा नेपाली युवा युवतीहरु भिजिट भिसामा यूएई र कतार गएको प्रारम्भिक छानबिनले देखाएको छ । यो घटना भएपछि केही कर्मचारीलाई विमानस्थलबाट हटाइएको छ । यसमा विमानस्थलस्थित अध्यागमन प्रमुख गौलोचन सैजुमाथि समेत आशंका गरिएको छ । उनले कुनै कर्मचारीको गल्ती देखिए कारबाही गर्ने बताएका छन् ।
भिजिट भिसाकै विषयलाई लिएर विमानस्थलमा अध्यागमन र प्रहरीबीच समेत विवाद भएको स्रोतको भनाइ रहेको छ । छानबिन समितिले अन्तर्राष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा विदेश गएका नेपालीहरुको सबै विवरण संकलन गरिसकेको छ । खासगरी दुबईमा ठूलो संख्यामा नेपालीहरु गएका छन् । दुबईमा कामदारको माग हुन थालेकाले भिजिट भिसामा सेटिङ मिलाएर लैजान थालिएको हो ।  यसमा केही मेनपावार कम्पनीको समेत मिलेमतो देखिएको छ । श्रम स्वीकृति लिएर पठाउँदा लामो समय लाग्ने भएकाले उनीहरुले अध्यागमनमा सेटिङ मिलाएका हुन् । त्यस्ता मेनपावरमा बैदेशिक रोजगार विभागले समेत शुक्रबार छापा मारेको छ ।

कोरोनाको बेला यतातर्फ कसैको ध्यान नजाने हुँदा कर्मचारी मिलेको आशंका गरिएको छ । रात्री डेस्कमा बस्ने सबैजसो कर्मचारीलाई सेटिङ मिलाउने गरिएको स्रोत बताउँछ । एक व्यक्तिवापत एक लाख रुपैैयाँसम्म लेनदेन हुने गरेको पाइएको छ । स्रोतका अनुसार नेपाल वायुसेवाका कर्मचारीसँगको सेटिङमा भिजिट भिषाबाट दुबई जाने संख्या ठूलो रहेको छ ।
दृष्टिबाट साभार

गाउँ सहर डेस्क

तपाईँको मत