समाज

शिक्षकको गोली हानी हत्या, विप्लव समूहमाथि आशंका

विराटनगर । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले हत्या गरेको प्रहरीले आशंका गरेको छ ।

मिक्लाजुङ गाउँपालिका (१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। उनलाई घरबाट लगि बर्खे जंगलमा विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन् । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन् ।  

बिहान ६ः१५ बजेतिर  चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत