गाउँ सहर

विद्युतको तार सर्ट हुँदा घरमा आगलागी

मलङ्गवा ।  सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट हुँदा घरमा आगलागी  भएको छ ।  विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलागी भएको हो । आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।

आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामान लगायतका सामान जलेर नस्ट भएका छन् । घरमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको  र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत