प्रेरणा

‘कसैको दुःख हटाउन चाहनुहुन्छ भने आफ्नो दुःख सहन गर्ने क्षमता राख्नुहोस्’

काठमाडौँ । हामी सबैलाई थाहै छ कि कुनै कुराको प्राप्ति संघर्ष नगरी हुँदैन । यसकारण झनै दुःखको सवालमा त हामीलाई धरै पापड बेल्नै पर्छ । दुःख कटाउन वा भगाउनको लागि ठूलो संघर्ष र त्यागको जरुरत पर्दछ । यो घटनालाई मनन् गरौँ ।

स्वामी विवेकानन्द र उनको गुरु माता शारदासँग जोडिएको घटना छ ।

विदेश यात्रा गर्नुभन्दा पहिले विवेकानन्दले माता शारदासँग अनुमति र अशिर्वाद लिन उनकोमा पुगे । उनले मातासँग भने- माता संसारको दुःखलाई दूर गर्न चाहन्छु । म लामो यात्रामा गइरहेको छु । मलाई आशिर्वाद दिनुहोस्, शिक्षा दिनुहोस् ताकि विश्व कल्याणको उद्धेश्यमा मेरो काम आउन सकोस् ।

माता शारदा सहज र अत्यन्तै विद्वान थिइन् । उनी त्यो समय भान्सामा खाना पकाइरहेकी थिइन् । उनले विवेकानन्दको कुरा सुनिन् र चक्कूतर्फ इशारा गर्दै भनिन्- मलाई यो चक्कू उठाएर देऊ ।

विवेकानन्दले भन्नेबित्तिकै चक्कू उठाएर दिए । माता शारदा बोलिन्- मेरो आशिर्वाद तिमीसँग छ । मैले यो बुझिसकेँ कि तिमी संसारको सेवा अवश्य गर्नेछौ ।

यो कुरा सुनेर विवेकानन्द हैरान थिए । उनले भने- माता केवल चक्कू उठाएर दिँदा तपाईंले कसरी जान्नुभयो कि संसारको सेवा गर्न पाउँछु भनेर ?

माता शारदाले भनिन्- तिमीले जुन ढंगले चक्कू उठाएर मलाई दियौ, त्यहिँबाट मैले बुझेँ ।

विवेकानन्दले चक्कूको धार भएको भागलाई आफूतिर पारेर माता शारदालाई चक्कू दिएका थिए ।

माता शारदाले भनिन्- तिम्रो प्रवृत्तिले यो देखाउँछ कि दुःख तिमी सहन गर्नेछौ र अर्काको सुरक्षा गर्नेछौ ।

जो व्यक्ति आफैँ कष्ट उठाएर अरुलाई सुख दिन्छ भने त्यो व्यक्ति मानवताको सेवा गर्न सक्छ भन्ने शिक्षा यो घटनाले दिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत