स्वास्थ्य

काराेनाबाट विश्वभर साँढे १५ लाखकाे मृत्यु, १ लाख बढिकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९३ लाख ७७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ७० लाख ७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड ७९ लाख ३४ हजार नाघेको छ भने मृतकको संख्या १५ लाख ५० हजार १६९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार १८४ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ५३ लाख ६९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ९० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ८९ लाख ८२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६० लाख ९६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९७ लाख ३ हजार ९०८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४० हजार ९९४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९१ लाख ७७ हजार ६४५ जना निको भएका छन् । सक्रिय केस ३ लाख ८५ हजार जना २६९ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६६ लाख २८ हजार जना संक्रमितमध्ये ५८ लाख १ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७७ हजारभन्दा बढी छन् । हाल ६ लाख ४९ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ४१ हजार ९९५ जना पुगेका छन् भने २ लाख २७ हजार ४३३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ६१४ पुगेको छ भने १२ हजार ९४४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत