दिगोविकास

कामाख्या मन्दिरको धार्मिक महत्व

कामाख्या मन्दिर असामको राजधानी दिसपुर नजिक गुवाहाटीबाट ८—१० किलोमीटरको दुरीमा रहेको छ । शक्तिकी देवी सतीको मन्दिर पहाडमा अवस्थित  छ । यस मन्दिरको फरक तान्त्रिक महत्व रहेको छ । मन्दिरलाई प्राचीन कालदेखि वर्तमान समयसम्म तान्त्रिक स्थानको सर्वोच्च तीर्थस्थल मान्ने  गरिन्छ । मन्दिरको पूर्वी गेटबाट असाम राज्यको राजधानी विजपरदेखि ६ किलोमिटर दुरीको स्थानमा निलशेल पर्वतमालामा अवस्थित माता भगवतीको मन्दिर रहेको छ । सोही स्थानमा माता भगवती कामाख्याको सिद्ध शक्तिपीठ सतीको  योनि अर्थात महामुद्रा कुण्ड रहेको छ ।

५१ ओटा शक्तिपीठ मध्ये कामाख्या शक्तिपीठ धेरै प्रसिद्ध र चमत्कारीक मन्दिरको रुपमा परिचित छ  । मन्दिरमा देवी दुर्गा र माता अम्बेको चित्र कसैले नदेख्ने गरी राखिएको छ । जसले गर्दा उक्त चित्र कसैले देख्न सक्दैन । मन्दिरमा एक कुण्ड अवस्थित रहेको  छ जहाँ सधै फुलले ढान्ने गरिन्छ । उक्त कुण्डबाट सधै पानी निस्कने गर्दछ । चमत्कारीताले भरिएको उक्त  मन्दिरमा सधै देवीको योनीको पूजा गरिन्छ । कुण्ड योनीको भाग देख्न सकिन्छ । योनीकै रुप भएकै कारण माता रजस्वला हुने गर्छिन् ।

पौराणीक कथा अनुसार त्यस ठाउँमा भगवान शिवको सतीप्रतिको ध्यान भंग पार्नका लागि भगवान विष्णुले चक्रको माध्यमबाट सतीको अंगलाई ५१ टुक्रामा विभाजित गरेका थिए । जुनजुन ठाउँमा सतीको अंग पतन भयो त्यस ठाउँमा एकएक ओटा  शक्तिपीठ उत्पन्न भएका थिए । कामाख्या मन्दिरमा सतीको योनी खसेको थियो ।  जुन आज धेरै शक्तिशाली पीठ भनेर चिनिने गर्दछ ।

प्रत्येक वर्ष अम्बुबाचीमा लाग्ने मेलाको अवसरमा ब्रम्हपुत्रको पानी ३ दिनका लागि रातो हुने आउने गर्दछ । जुन पानी कामाख्या देवीलाई रजस्वला भएको कारण पानी रातो हुने गर्दछ । मन्दिरमा ३ दिनको समयसम्म कुनै धार्मिक कार्य हुँदैन । ३ दिनपछि मात्र दर्शन गर्नका लागि भत्तजनहरुको भीड लाग्ने गर्छ । मातालाई रजस्वला भएको ३ दिनसम्म सेतो कपडा मन्दिरको भित्र ओछ्याउने गरिन्छ । ३ दिनसम्म मन्दिरको ढोका बन्द हुने गर्दछ । ३ दिनपछि मन्दिरको ढोका खोलिन्छ । ओछ्याएको सेतो कपडा रजस्वलाकै कारण रातो र भिजेको हुन्छ । उक्त कपडालाई अम्बुबाचीको बस्त्रका रुपमा लिइन्छ । सोही कपडा दर्शन गर्न आउने भक्तजनहरुलाई प्रसादका रुपमा दिने गरिन्छ । उक्त कपडालाई प्रसादको रुपमा स्वीकार गरी राख्नाले सौभाग्य हुने धार्मिक मान्यता रहीआएको छ । यस मन्दिरको दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत