स्वास्थ्य

 लसुन सेवनका फाइदाहरु

काठमार्डाँ । लसुनमा औषधीय गुण रहेको हुन्छ । साथै यसमा भएको रोग प्रतिरोधक गुणलाई थाहा पाएर नै हाम्रा  पुर्खाहरूले औषधीय एवं  मसलाको रूपमा पहिलेदेखि नै  प्रयोग गर्दै आएका हुन् । लसुनको प्रयोग रुघा लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुदाँ गर्ने गरेको पाइन्छ । लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन् । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ । काँचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो । यसका अवावा लसूनले उच्चरक्तचाप कम गर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्ट गर्न सहयोग गर्दछ ।

१. ग्याष्टिक
विहान उठ्ने वित्तिकै नियमित रुपमा एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नाले ग्याष्टिकको समस्या कम हुँदै जान्छ।

२. उच्च रक्तचाप
लसुनले भोग जगाउनुका साथै पाचन प्रणालीमा  सुधार ल्याउँछ र लसुन खानाले उच्च रक्तचाप सन्तुलन, लसुनले मानिसको रक्त सञ्चारलाई नियमित राख्नुका साथै यसले हृदय सम्बन्धि समस्याहरुबाट पनि बचाउँछ । 

उच्च रक्तचापका लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ ।

३. कोलेस्टेरोल नियन्त्रण
दैनिक रुपमा लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल १२ प्रतिसत सम्मले कम हुँदै जान्छ । ।

लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडितहरुका लागि समेत निकै फाइदाजनक गर्दछ । लसुनले रगत पातलो बनाउने र रगत प्रबाहलाई समेत सहयोग गर्दछ ।

४. रुघाखोकी
लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराएर खाँदा रुघाखोकी कम हुन्छ  । उक्त तेललाई मन तातो भएपछि रुघा लागेको बच्चाको नाकको प्वाल बाहिर दल्ने, तेल छाती, घाटी, ढाडमा सेकाउँदै मालिस गर्ने । निधार र नाक वरिपरि तेल लगाउने गर्दा स–साना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठुला व्यक्तिलाई पनि फाइदा गर्दछ ।

५. पाचन
लसुन सेवनले पाचन प्रक्रियालाई उत्तेजित पार्ने काम गर्छ । जसका कारण भोक बढाउने काम गर्दछ । खानासँगै ३ —४ केस्रा लसुन विहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ । यसो गर्नाले पाचन प्रक्रिया बलियो हुन्छ र अरुची हट्छ । पेटमा हुने एसिड उत्पादनलाई पनि लसुनले बन्द गर्ने काम गर्दछ ।

६. जोर्नी दुखाई
एक पाउ लसुन थिचेर एक चौथाई जति तेल र चार चौथाई जति पानी एउटै भाडोमा राखेर घोल्ने, त्यस घोललाई मन्द आगोमा पकाउने, पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भएपछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३—४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने र मालिस गर्ने गर्दा आराम हुने गर्दछ ।

७. दाँत दुखाईमा कमी
लसुनले दाँत दुखाईमा पनि राहत दिलाउने काम गर्दछ । लसुनलाई ल्वाङ्गसँग पिसेर दाँत दुखेको ठाउँमा लगाउँदा पीडाबाट तुरुन्त राहत पाउन सकिन्छ  ।

गाउँ सहर डेस्क

तपाईँको मत