समाज

७३ तोला अवैध चाँदीका सामान सहित दुई युवक प्रहरी नियन्त्रणमा 

कपिलवस्तु । ७३ तोला अवैध चाँदीका सामान सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेवीका उमेश सुनार र रुपन्देही सिद्धार्थनगरका सुगम पुन रहेका छन् । 

वाणगंगा नगरपालिका–२ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर, १२ पिस कपासको पुडिया, ४८ पीस सेतो रातो पत्थर र नगद ९६ हजार रुपैयाँ सहित शनिबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु ५५ प ६१५९ नम्बरको स्कुटर जाँच गर्दा स्कुटरमा सवार सुनारले बोकेको झोलामा उक्त परिमाणका चाँदी समेतका सामान फेला पारी मोटरसाइकल चालक पुन समेत दुवै जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई राजश्व कार्यालय पठाइने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत