समाज

रौतहट बम काण्डका एक आरोपित १३ वर्षपछि पक्राउ

जनकपुरधाम। रौतहट बम काण्डमा थप एकजना आरोपित १३ वर्षपछि पक्राउ परेका छन्। पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमका भाइ ५५ वर्षीय मोहम्मद महताव आलमलाई नेपाल भारत सिमाबाट परेका हुन् ।

प्रदेश प्रहरीबाट खटेको प्रहरी टोलीले नेपाल भारत सिमानामा पर्ने रौतहटको बौधीमाई नगरपालिका वडा नं. ७ बडकी बंगुल एरियाबाट आलमलाई पक्राउ गरेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । २०६४ चैत २८ गतेको संविधानसभाको चुनावमा धांधली गरी जित्न रौतहटको साविक राजपुर फरदहवा वडा नं. ४ स्थित शेख इन्द्रिसको गोठ घरमा बिस्फोटक स्टोर गरी बम बनाउने क्रममा बिस्फोट हुँदा घाइते भएका १५—१६ जना र मृत्यु भएका २—३ जनालाई ट्याक्टरमा राखी नजिकैको ईटा भट्ठामा जलाएका थिए ।

पक्राउ परेका आलमले आफ्नो दाईको निर्देशन अनुसार घटना लुकाउने उद्देश्यले विस्फोटमा घाइते भएका र मृतकलाई ईटा भट्ठामा जलाएको स्विकार गरेको  प्रहरीले जनाएको छ । 

यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत