अर्थतन्त्र

रुपातालमाथि २६९ मिटर लामो झोलुङ्गे पुल नर्माण गरिने

 लेखनाथ । रुपातालमाथि झोलुङ्गे पुल  बन्ने भएको छ । कास्कीको दोस्रो ठुलो रुपाताल माथि पोखरा ३१ को पचभैया र रुपा गाउँपालिकाको वडा नं ६ को भंगरालाई जोड्ने गरी झोलुङ्गे  पुल निर्माण गरिने भएको हो ।

रुपाताल माथि झोलुङ्गे पुल निर्माण गरी रुपा र लेखनाथलाई जोड्ने स्थानीयहरुको वर्षैादेखिको सपना अवका केही समयमा पुरा गर्ने गरी रुपातालको सिमलडाँडा साघुरेघाटमा दुई सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिने भएको हो ।

 तालभन्दा करिव ६० देखि ६५ मिटर माथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको संघीय सांसद खगराज अधिकारी र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

तालमाथि बन्ने झोलुङ्गे  पुलको शिलान्यास कार्यक्रममा बोल्दै सांसद तथा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पुलले जसरी दुई ठाउँको दुरीलाई नजिक गर्छ त्यसै गरी विकास निर्माणका सवालमा पनि जनतालाई नजिक बनाउने विश्वास ब्यक्त गर्दै विकास समयको माग भएकाले यसले दीर्घकालीन प्रभाव राख्नेमा जोड दिएका छन् । सोही अवसरमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकासमा तेरो र मेरो नभनी हातेमालो गरेर अगाडि वढ्न आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उप प्रमुख सावित्री पौडेल, नेपाली काग्रेस कास्कीका सचिव धुवनाथ अधिकारी,नेकपाका जिल्ला सदस्य संकरनाथ पौडेल,नेकपा वडा नं ३१ का अध्यक्ष गणेश बहादुर थापा,स्थानिय समाजसेवी वासुदेव लामिछाने र निर्माण कम्पनीका प्रतिनिधी लंकसेर राई लगाएतले गुणस्तरीय र निर्धारित समयमा नै पुल निर्माणको काम हुनु पर्नेमा जोड दिएका थिए ।

 भौतिक योजना मन्त्रालय अन्तरगत गण्डकी प्रदेश सरकारको पहलमा करिव एक करोड ३६ लाख ९६ हजार सात सयको लागतमा निर्माण हुने झोलुङ्गे  पुल यसै आर्थीक वर्ष भित्र सम्पन्न गरि सक्ने योजना रहेको छ । ताल माथि झोलुङ्गे  पुल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयहरुलाई आवत जावतका लागि सहज र छोटो दुरी हुने एवम् ताल माथिको झोलुङ्गे पुल हेर्न कै लागि पर्यटकहरुको पनि आर्कषण वढ्ने विश्वास स्थानीयहरुले लिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत