समाज

स्रोत नखुलेको पैसा सहित एक युवक पक्राउ

बुटवल । स्रोत नखुलेको पैसा सहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम कुमार बनिया रहेका छन् । बनियालाई शनिबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीको नियमित चेकचाँजका क्रममा बनियाँलाई लु ३९ प ४४५७ नम्बरको स्कुटरसहित एक हजार दरका १०३५ वटा नोट तथा ५०० सय दरका १२३० वटा नोट गरी जम्मा १६ लाख ५० हजार स्रोत नखुलेको रकम बरामद गरेको हो। बनियाले सो रकम बराबरको स्रोत खुलाउन नसकेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रहरीले उनको साथबाट दुई वटा आइएमी नम्बर, एक थान मोबाइल समेत बरामद जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत