समाज

अस्ताए वरिष्ठ गायक जगतमर्दन थापा

काठमाडौँ – वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा ८२ वर्षीय गायक थापाको सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।स्वासप्रस्वास सम्बन्धी समस्याका कारण केही दिनदेखि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गायक थापाले कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए ।

१९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनको नयाँ एल्बमको तयारी भईरहेको थियो ।उनका ‘भन लौ तिमी नढाँटी, आशाको दियो बालेर, माया लुकाइ लुक्दैन’ सहितका गीत चर्चित रहेका छन् ।

उनको सोमबार नै अन्त्येष्टि गरिने परिवार स्रोतले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत