अष्टधातुबाट निर्मित पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै
- गाउँ सहर डेस्क
- २२ मङ्सिर सोमबार, २०७७ | १२:०६:०० मा प्रकाशित
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बन्ने भएको छ । त्यसका लागि निर्माणको कार्य अगाडि बढाइएको हो । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु१० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले मूर्तिको नमूना तयार गरी कार्य अगाडि बढाएको हो । निर्माण कम्पनीले नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा नमूना तयार गरेको जनाएको छ ।
राजधानीबाट आउने विज्ञ टोलीले मूर्तिको नमूनाको अवलोकन, अध्ययन र विश्लेषण गरि तयार गरेको प्रतिवेदनका आधारमा मूर्तिका एउटा मूर्ति निर्माणका लागि छनोट गरिने महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका सचिव बिर्खबहादुर मल्लले बताएका छन् । उनका अनुसार मूर्तिको फाउन्डेसनमा बन्ने कमलको फूल लगायतको संरचना निर्माणको कार्य निर्माण कम्पनीले पूरा गरेको छ ।
बालसन्त जगद्गुरुले नेपाल पैदल यात्रा गरेर सङ्कलन गरेको दुई करोड, भीमदत्त नगरपालिकाले ५० लाख,प्रदेश सरकारको ५० लाख र सङ्घीय सरकारको ५० लाख रुपैयाँ मूर्ति निर्माणका लागि लगानी गरेका छन् । अष्टधातुबाट बनाइने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको उपलब्ध रहेको छ । सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण कार्य सक्नुपर्नेछ ।
निर्माण कम्पनीले भने दुई वर्ष नौ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको बताएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्ने छन् । तीन रोपनी जग्गामा मूर्ति निर्माण गरिने भएको छ । मूर्तिको दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थको प्रतिनिधित्व हुने गरी सङ्ग्रहालय समेत निर्माण गरिने भएको छ ।
चार वर्षअघि जगद्गुरु मोहनशरण देवाचार्यले भम्केनी धामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउका लागि मौन व्रत बसेर नेपालभर पैदल भ्रमण गरेका थिए । जगद्गुरुले विसं २०७२ ५ वैशाख भम्केनीदेखि नेपाल आमाको मूर्ति निर्माणका लागि महाकालीदेखि मेचीसम्म पैदलयात्रा गरेका थिए । जगद्गुरुले महाकाली–मेची पैदल यात्राका दौरानमा एक करोड ८४ लाख ७२ हजार रुपैयाँ सङ्कलन गरेका थिए ।
स्थानीय खगेश्वर केसीले पौराणिक शक्तिपीठको रूपमा रहेको भम्केनीलाई विकसित गराउनका लागि चार वर्षदेखि स्थानीयवासी जागरुक भएको बताएका छन् । उनले धार्मिक पर्यटकीय सम्भावना बोकेको भम्केनी ओझेलमा परेकाले विकासका लागि अनुष्ठान गरिएको बताए । भम्केनी धाममा रहेका कुण्डमा भकभक गरेर पानी निस्कने भएकाले यसको नाम भम्केनी रहन गएको उनको भनाइ छ ।
भक्तजनका अनुसार पौराणिककालमा भम्केनीमा ६ वटा कुण्ड थिए । तीमध्ये पाँच पाण्डव र एक द्रौपदीको कुण्ड थियो । भीमले एक द्रौपदीका लागि नुहाउन कुण्ड बनाएको भम्केनी धामका अध्यक्ष कृष्णबहादुर सिंहले बताए । हालसम्म पनि भम्केनीमा पौराणिक ६ कुण्ड यथावत नै छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस