गाउँ सहर

मोटरसाइकल दुर्घटना हुँदा ७० वर्षीय वृद्धको मृत्यु

काठमाडौँ । बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गए राती सवारी दुर्घटनाबाट ७० वर्षीय वृद्धको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट  वृद्धको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट बाटो काट्ने क्रममा ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बानेश्वरको आलोकनगर बस्ने धितालको गए राती मोटरसाइकलको ठक्करबाट ज्यान गएको महाशाखाका एसएसपी जनक भट्टराईले पुष्टि गरका छन् । धितालको पौने १० बजे उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत