प्रेरणा

सुख कसरी प्राप्त हुन्छ ? अर्काको नकारात्मक कुरामा ध्यान नदिनुहोस्, झन् बढ्नेछ - दुःख

काठमाडौँ । यदि हामी कसैले आलोचना नगरोस् भन्ने चाहन्छौँ भने त्यो सम्भव हुँदैन । हामीले राम्रो या नराम्रो जे गरेपनि कुनै न कुनै कुराले त्यसको आलोचना हुने गर्दछ । यदि हामी यस्ता नकारात्मक कुरामा ध्यान दिन्छौँ भने आफ्नो काम ठिकसँग गर्न सक्दैनौँ । यो लोककथा मनन् गरौँ ।

प्राचिन समयमा एक सन्त आफ्ना शिष्यसँग कुनै एक गाउँमा कुटि बनाएर बस्दथे । जब आसपासका मानिसहरुलाई उनीहरुको बारेमा थाहा भयो, तब सन्तकोमा उनीहरु पुग्न थाले । सन्त धेरै विद्वान थिए । मानिसहरु आफ्ना समस्या बताउँथे र सन्त तिनको हल । सन्त आफ्नो उपदेशको कारण प्रसिद्ध भएका थिए । यसबाट उनका शिष्यपनि खुसी थिए ।

सो गाउँमा एक पण्डित पनि थिए । उनलाई आफ्नो भविश्यको चिन्ता भइरहन्थ्यो । उनलाई सन्तले मानिसहरुको भरोसा जितिरहेको सोच्दथे । यसबाट उनको यजमान कम हुनेछ, मानिसहरु पूजा पाठ गराउँदैनन् । पण्डित आफ्नो प्रभाव कम हुने खतरा महशुष गरिरहेका थिए । उनले मानिसहरुसँग सन्तको बारेमा नराम्रो भन्न सुरु गरे ।

केहि दिनमा गाउँका धेरै मानिस पण्डितको साथमा गए र सन्तलाई ढोंगी भन्न थाले । एकदिन सन्तका शिष्यले यो कुरा सुने । उनी तुरुन्तै गुरुकोमा पुगेर सुनाए ।

सन्तले शिष्यलाई भने, जब हाती कुनै गाउँमा आउँछ, कुकुरहरु भुक्छन् । तर हाती आफ्नो चालमा हिँडिरहन्छ । ठिक यसरी नै हामीले पनि यस्ता नकारात्मक कुरामा ध्यान दिनु हुँदैन । हामी केवल आफ्नो काम इमान्दारीले गर्नु पर्दछ । यदि अर्काको कुरामा ध्यान दिए जीवनमा सुख-शान्ति कहिल्यै प्राप्त हुँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत