गाउँ सहर

नक्कली विद्यार्थी पक्राउ

सुर्खेत । प्रहरीले एक जना नक्कली विद्यार्थीलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका–४ का राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाटका २२ वर्षीय राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत