गाउँ सहर

दाजुको कुटाईबाट भाईको मृत्यु

सिन्धुपाल्चोक । दाजुको कुटपिटबाट  भाईको मृत्यु भएको छ । भार्इलाइ कुटपिट गरेको अभियोगमा ८४ वर्षीय एक बृद्ध पक्राउ परेका छन् । आफ्नै भाई ७५ वर्षीय पेमा घ्याम्सो लामालाई कुटपिट गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका (२ भलोटी बस्ने ८४ वर्षीय कर्मा ओङ्चु लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मादक पदार्थ सेवन गरी शुक्रबार पेमा र कर्माबीच झगडा हुँदा पेमा घ्याम्सो लामा सामान्य घाइते भएका थिए ।  घाईते भई घरमै सुतेकोमा शनिबार दिउँसो सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रविसे र प्रहरी चौकी लिशंखुबाट खटिएको प्रहरीले कर्मालाई पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत