गाउँ सहर

बालिका बलत्कार गर्ने पक्राउ

काठमाडौं । बालिका बलत्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौको दलाक्षी बस्ने ५० वर्षीय बद्री बहादुर धिताल शनिबार राति पक्राउ परेका हुन् ।

धितालले बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी, ओखलढुङ्गामा१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवीका अम्मर बहादुर नेपालीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अम्मरले बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चप्लु घोराखोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत