गाउँ सहर

बोलेरो दुर्घटनामा चालकको मृत्यु

दोलखा। दोलखाको बिगु गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेका २४ वर्षीय सुबिन तामाङ रहेका छन् । गाउँपालिकाको वडा नम्बर ५ चिलंखास्थित लाइसेन्स भन्ने स्थानमा बा २० च ४३७३ नम्बरको निजी बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिगु गाँउपालिकाको ठोक्रेबाट सिंगटी आउने क्रममा आइतबार बिहान ६ः३० बजेको समयमा सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटना भएको हो । बोलेरो गाडीमा सवार कमला तामाङ भने सामान्य घाइते भएको र सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत