अर्थतन्त्र

नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताएका छन् । उनले पर्यटन क्षेत्रलाई मुुलुुकको आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका आरोही मिङ्माग्याल्जेन शेर्पा, दावाग्याल्जेन शेर्पा र किलीपेम्वा शेर्पालाई नेपालको राष्ट्रिय झण्डाका साथ बिदाइ गर्न शनिबार आयोजित कार्यक्रममा उनले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आरोहण गरेर हिमाल आरोहीले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गरेका थिए ।

समारोहमा मन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यबाटै मुलुुकलाई सूचना प्रविधिमैत्री बनाउन सकिने स्पष्ट पारेका छन् । उनले दोलखाको रोल्वालिङ हिमाल आरोहणका क्षेत्रमा नयाँनयाँ कीर्तिमान कायम राख्नेको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताएका हुन् ।

मन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा जान लागेका आरोहीलाई सफलताको शुुभकामना व्यक्त गरेका थिए । मिङ्मा, दावा र किलीले  सगरमाथाको पटकपटक आरोहण गरिसकेका छन् । मन्त्री गुरुङले माउन्ट केटूू हिमाल आरोहणमा  सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन  आरोहण दलका सदस्यलाई आग्रह समेत गरे । 

उक्त समारोहमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सरस्वती बस्नेत, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्का लगायतको सहभागी थियो । सो अवसरमा आरोहण दलका सदस्यलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गरे भने गौरीशङ्कर गाउँपालिकाले दुई लाख रुपैयाँ सहायता उपलब्ध गराएको थियो । 

गाउँ सहर डेस्क

Adda Barghare Magar लेख्नुहुन्छ २३ मङ्सिर, २०७७ २:२५ pm

साच्चै कम्निस्तले बोल्ने होइन गरेर देखाउने हो। दलाल पूंजीवादले हो बोल्ने ।

Mahesh Seling लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ ४:३० pm

होइन यो अरिङ्गालको झुण्डहरुलाई बोल्न चाहिँ जे पनि अाउछ है।

Sandip Khadka लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ २:४९ pm

Yo hatayar ho sathi ho yesle chunabko bila kul badhur tamang marna lagara yaha pugiko xa dolakha ko ho yo

Rudra Gaire लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ १२:४१ pm

Npl लुट्ने डाक हरु

Vijay Magar लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ १२:१७ pm

Aba na khok sab thaha xa aba ko chunab ma mero ghar tira na aaunu

Justin Eether लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ ११:०० am

Gaff dherai ko suniyo...gaff nadekai ramro hola

Rajin Kdk Nepali लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ १०:५७ am

Sanchaar mantri le sanchaar bata kasari bikash garrda tourism ma ha ha....

Ham Pun लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ १०:५७ am

टुक्के काे झाेले हरूले गफ हान्न चाहिँ सिकेछ। जस्ताे बाबा तेस्तै छाेरा।

Hari Karki लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ १०:५६ am

तं जस्तो ले पक्का बनाउंछस

Krishna Bhadra Acharya लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ १०:५६ am

भाग पाएर बोलेको हो दुई शब्द

Shambhu Pandey लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ १०:५५ am

ठिक

Sagun Gurung लेख्नुहुन्छ २२ मङ्सिर, २०७७ १०:५५ am

Gaphadi Oli ko jhole

तपाईँको मत