समाज

भक्तपुरमा कार दुर्घटना हुँदा एक युवतीको ज्यान गयो

भक्तपुर । भक्तपुरमा कार दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ भने तीन जना सामान्य घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा युवतीको ज्यान गएको हो । 

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ८ च ४७५६ नम्बरको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिएर पल्टिएको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ । चार जना सवार  कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु-याएको बताए । घाइते श्रेष्ठको अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए । दुर्घटनामा कार पूर्ण रुपमा क्षति भएको छ ।

घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । सोही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको बताएको छ । दुर्घटनापछि कारमा सवार  तीन जना घाइतेले युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत