अर्थतन्त्र

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत साता चार दिनसम्म निरन्तर बढेको सुनको मूल्य आईतबार तोलामा दुई सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबर तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको मूल्य भने प्रतितोला १२१० रुपैयाँमा यथावत रहेको  महासंघले बताएको छ । मंसिर लागेसँगै दैनिक  ३० किलो भन्दा बढीको सुनको ब्यापार रहेको महासंघको भनाई छ । 

गाउँ सहर डेस्क

तपाईँको मत