कला

ॐ ध्वनीको तात्पर्यता के हो ?

हिन्दु धर्ममा ॐ अथवा ओमलाई एक विशेष मन्त्रका रुपमा मानिएको छ । कुनै पनि मन्त्रको जप तथा ध्यान गर्दा प्रत्येक मन्त्रको अगाडि ओम मन्त्रको प्रयोग गरिन्छ । ओम मन्त्रको उच्चारण गर्नु धार्मिक शास्त्रमा राम्रो मानिन्छ । यस मन्त्रको उच्चारण गर्दा वातावरण नै शान्तमय हुने तथा मनमा आनन्द मिल्नुका साथै पापबाट मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको छ । यो मन्त्रको आफ्नै महत्व रहेको छ । 

१. ओम मन्त्र तपस्वी तथा ध्यानमा गहिरो अवस्थामा सुन्निने कुनै एक ध्वनी हो । यो ध्वनी उच्चारण गर्दा मनलाई निकै आनन्दित बनाउँछ । मन र आत्मा नै शान्ति हुन्छ त्यसकारण यो मन्त्रलाई नाम दिइएको छ ध्वनी मन्त्र ।

२. यो मन्त्रको उच्चारण ध्वनीले प्रिय वा अप्रिय शब्दलाई  श्रोता वा वक्ता दुवैको हर्ष, विषाद, क्रोध, घृणा, भय तथा कामेच्छा आवेगको महसुस गर्दछन् । अप्रिय शब्दले निक्लने ध्वनीबाट मस्तिष्कमा उत्पन्न काम, क्रोध, मोह, भय लोभ आदीको भावनाबाट मुटुको धड्कन हुन्छ जसले रगतमा ‘टाक्सिक’ पदार्थ उत्पन्न हुन्छ । यसैगरी प्रिय शब्दले ध्वनि मस्तिष्क, ह्दय र रगतमा अमृत जस्तै लाभदायी रसायनको वर्षा गराउँछ ।

३.ध्वनि एक यस्तो प्रतिक हो, यो कसैको सहयोगले उत्पन्न नभई आफै हुन्छ र यो ब्रह्माण्डसहित मानिस भित्र निरन्तर रहीरहन्छ ।

४. ओम ध्वनि तीन ध्वनि मिलेर बनेको हुन्छ । अ, उ, म यी तीन ध्वनिको अर्थ उपनिषदमा हुन्छ । भुःलोक, भुवःलोक र स्वर्ग लोकको प्रतिक हुन् । ॐ लाई ओम पनि भनिन्छ । यस मन्त्रको प्रारम्भ हुन्छ अन्त्य हुँदैन् । त्यसैले यस मन्त्रलाई ब्रह्माण्डको नाफारहित ध्वनि रुपमा चिनिन्छ ।

५.  साधारण मानिसले यो ध्वनिलाई सुन्न सक्दैन, तर जसले उच्चारण गर्दछ उसको आसपासमा सकारात्मक ऊर्जाको विकास हुन्छ । ध्वनि सुन्नलाई पुर्ण मौन र ध्यानमा बस्नु जरुरी छ । जसले ध्वनिलाई सुन्छ त्यस्ता व्यक्ति परआत्मासँग सिधै जोडिन्छन् । परआत्मासँग सिधै जोडिने एकैमात्र तरिका हो ॐ को उच्चारण ।

६. ध्वनि र बिन्दुको मिलनबाट ब्रह्माण्डको उत्पत्ति भएको हो । नाद अर्थात ध्वनि र बिन्दु अर्थात प्रकाश । सम्पुर्ण ब्रह्माण्ड र कम्पन नै ध्वनिको उपस्थिति हो । शिव पुरानमा उल्लेख छ । 

७. ॐ ध्वनिमा  सम्पुर्ण ब्रह्माण्डलाई नै नष्ट गर्ने क्षमता रहेको छ । यो ध्वनिमा सानो भन्दा सानो र ठूलो भन्दा ठुलो हुनेको क्षमता छ ।

८.  ज्योतिलिंगीमा स्वत ओमको उच्चारण भइरहन्छ । कैलाश पर्वत वा मानसरोवर क्षेत्रमा एक आवाज निरन्तर सुन्निरहन्छ । ध्यान दिएर सुनेमा यो आवाज ‘डमरु’ वा ‘ॐ ’ को ध्वनि जस्तो सुनिने गर्दछ । 

९. ॐ को उच्चारणले शरीर र मनलाई एकाग्र गर्नमा मद्दत गर्छ । यसको उच्चारणले मानसिक रोग ठीक हुन्छ । काम गर्ने शक्ति बढ्छ । सबै मन्त्रको उच्चारणमा जिब्रो, ओठ, तालु, छाति र गलाबाट निक्लने वायुले सबै अंगहरुलाई सक्रिय बनाउँछन्। मन्त्र उच्चारण गर्ने व्यक्ति र सुन्ने व्यक्ति दुवैजना लाभान्वित प्रभावित हुने गर्दछन् ।  धार्मिक ग्रन्थको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत