समाज

बालिका बलात्कारपछि हत्या गर्ने युवक पक्राउ

धनगढी । प्रहरीले बालिका हत्या गर्ने एक युकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १६ वर्षीय राजेन्द्र बोहोरा रहेका छन् । डोटी अस्पतालको आइसोलेनबाट भागेका १२ वर्षीया बालिकाको हत्याका अभियुक्त पक्राउ परेका हुन् । 

बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्या गरी डोटी अस्पतालको आइसोलेनबाट भागेका बोहोरालाई पूर्वीचौकी गाउँपालिकाको सानागाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारगाचार चलान गरिएका बोहोरालाई बाल सुधार गृहमा राखिएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएका बेला बोहोरा भागेका थिए ।

बोहोरालाई गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरिएको थियो। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ । यस अघि बोहोराले पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो। उक्त घटना गाउँमै मिलापत्र गराउने ८ जनालाई  प्रहरीले पक्राउ गरेको थियो तर पछि उनीहरु धरौटमा छुटेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत