समाज

दश किलो चरेश सहित युवक प्रहरी नियन्त्रणमा

धनगढी । लागु औषध सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेक रहेका छन् । 

प्रहरीले धानुकको साथबाट १० किलो लागु औषध चरेश फेला पारी पक्राउ गरेको हो । 

विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट धानुकलाई पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ । 

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत