दिगोविकास

बिबाहको साइत ७ दिन मात्र

 काठमाडौं । मंसिर महिना बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । यो महिनामा पनि १५ पछि मात्र लगनका साइतहरु जुरेका थिए ।  मंसिरमा बिबाहको लगन नजुरेका जोडीहरुले अब चार महिना कुर्नुपर्ने भएको छ ।

पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यो वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै छन् । अब २१, २२ र २६ गतेका साइतहरु मात्र बाकीँ छन् ।

शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना चैत बाहेक विवाहका लागि शुभ महिना मानिन्छ । तर यस वर्षको पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितीका सचिव सूर्य ढुंगेल बताउँछन् ।

उत्तरायणका ५ महिना र मंसिर महिनामा पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाह र व्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो । यो वर्ष माघमा वृहस्पति र शुक्र अस्त भएकोले माघ र फाल्गुनमा विवाहको साइत नजुरेको ढुंगेल बताउछन् ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार माघ ४ गतेदेखि सुरु भएको वृहस्पति अस्त फाल्गुनको २ गतेसम्म जारी रहन्छ, माघमा नै सुरु हुने शुक्र अस्त भने वैशाख महिनाको पहिलो सातासम्म चल्ने भएकोले विवाहको लगन पनि मंसिरपछि एकैपटक वैशाखमा मात्रै जुर्न लागेको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत