अर्थतन्त्र

अबदेखि एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने : राष्ट्र बैंक


काठमाडौं । अबदेखि एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ  । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको छ । एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको हो ।

यो भन्दा अगाडि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत