विश्व

२७ वर्ष पुरानाे भ्रुणबाट बालिकाकाे जन्म, आफ्नै दिदीको कीर्तिमान तोडिन्

  • एजेन्सी
  • १९ मङ्सिर शुक्रबार, २०७७ | ०८:१२:०० मा प्रकाशित

२७ वर्षअघि सुरु भएको प्रक्रियाबाट गत अक्टोबर महिनामा एक बालिकाकाे जन्म भएकाे छ । 

मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो।

उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो।

सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए।

मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन् ।

एनईडीसीका अनुसार एमाको जन्म गराइँदा उनको भ्रूण २४ वर्ष पुरानो थियो र त्यो नै कीर्तिमान थियो। तर यो वर्ष मलीको जन्म भएपछि त्यो कीर्तिमान भङ्ग भयो।

गिब्सन दम्पतीले रोजेका दुई बालिका मली र एमा आनुवंशिक रूपमै दिदीबहिनी हुन्। दुवै भ्रूणलाई एकैपल्ट सन् १९९२ मा दान गरिएको थियो जतिखेर टिना स्वयं एक वर्षकी थिइन्।

सत्र वर्षअघि स्थापित एनईडीसीले एक हजारभन्दा धेरै त्यस्ता भ्रूण इच्छुक दम्पतीलाई उपलब्ध गराएको छ। धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने परम्परागत प्रक्रिया जस्तै भ्रूण ग्रहणमा पनि केही प्रक्रिया पूरा गर्नुपर्छ।

इच्छुक दम्पतीलाई कुनै भ्रूणको वास्तविक आमाबुवा को थिए भनेर बताउन पनि सकिन्छ वा नबताउन पनि सकिन्छ। यस्ता सम्पर्कले दातासँग इमेलमार्फत् कुराकानीको सहजीकरण गराउँछ अनि कतिपयले पछिसम्म आफन्तको सम्बन्ध राख्न पनि सक्छन्।

दम्पतीहरूलाई २०० देखि ३०० दाताहरूको विवरण दिइन्छ। गिब्सन दम्पतीले लामो समयदेखि शिशु चाहेकाले उनीहरूका निम्ति धेरै विकल्प खुला थिए।

एजेन्सी

Dipak Mahar लेख्नुहुन्छ २० मङ्सिर, २०७७ ०८:०५ am

नेपाल मा त सपना मातर होला

तपाईँको मत