शिक्षा

भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सबै क्याम्पसलाई त्रिविको निर्देशन 

काठमाडौं ।भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सबैका लागि त्रिविले सबै कलेजहरुलाई को निर्देशन दिएको छ ।   त्रिभुवन विश्वविद्यालय (त्रिविं) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको हो ।  

त्रिविका रजिष्ट्रार डा. पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिएका छन् । कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुन सकेको छैन । परीक्षा छठ लगत्तै हुने भएको  छ । “कोभिड–१९ सङ्क्रमणको जोखिम नभएको ठाउँमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “अन्य ठाउँमा पनि सङ्क्रमणको अवस्था हेरेर स्थानीय तहसँग स्वीकृत लिएर कक्षा सञ्चालन गर्न भनेको छौँ ।”दाहालले भने । 


 दाहालले भौतिक उपस्थिति हुन नसक्ने क्याम्पसलाई वैकल्पिक विधि प्रयोग गरेर नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराए  । स्नातकोत्तर तहको पढाइ भने भर्चुअल विधिबाट भए पनि स्नातक तहको कक्षा सञ्चालन नभएको बताए । 

 त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी गराएका छन् । 

 मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा तोकिएको छ । पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने ठाकुरले  बताए । 

 कोभिड–१९ को कारण त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । कम विद्यार्थी भएका हुनाले सेमेष्टर तहका परीक्षा भने सञ्चालन भईरहेको उनले जानकारी गराए । 

गाउँ सहर डेस्क

तपाईँको मत