अर्थतन्त्र

हिउँदे बालीलाई मल अभाव नहुने

काठमाडौँ । हिउँदे बालीलाई मल अभाव नहुने भएको छ ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिउँदे बालीका लागि मन्त्रालयसँग ७८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको हुँखा मलको अभाव नहुने जनाएको छ । 

एक आर्थिक वर्षमा करिब १२ लाख ७१ हजार मेट्रिक टन रासायनिक मलको आवश्यक पर्ने गरेको मन्त्रालयले जनाएको छ । हाल १९ हजार दुई सय मेट्रिक टन युरिया र २६ हजार ८२१ मेट्रिक टन डीएपी मल मौज्दात रहेको छ । 

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेड ६० हजार मेट्रिक टन युरिया मल ल्याउने तयारीमा रहेको जानकारी गराएको छ । कृषि सामग्री कम्पनीले १० हजार मेट्रिक टन डीएपी पनि ल्याउने मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका सचिव डा . योगेन्द्रकुमार कार्कीले  गहुँ, तोरी, तेलहन, दलहन तथा तरकारी खेती लगायतका अब रासायनिक मलको अभाव कहिले नहुने गरी समस्या समाधान भइरहेको बताएका छन् । अबदेखि धान बालीका लागि पुस महिनामै मल आयातको टेन्डर आह्वानको व्यवस्था गरिएकाले समयमै मल आयात हुने स्पष्ट पारे ।

गाउँ सहर डेस्क

तपाईँको मत