स्वास्थ्य

नि : शुल्क पाठेघर परीक्षण सेवा सञ्चालन

विराटनगर ।  प्रदेश नं १ मा मा नि : शुल्क पाठेघर परीक्षण सेवा सञ्चालन गरिएको छ । जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा शुरु गरिएके हो ।उक्त सेवा धनकुटाको जिल्ला अस्पतालबाट शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. जयवेन्द्र यादवले बताए  । सेवा शुरु भएकै दिन सात महिलाको नमूना सङ्कलन गरिएको र एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने यादवले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।  कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिसको जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए । उनले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको भन्दै क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी समेत दिए ।उनले जिल्लास्तरबाट शुरु भएको सेवा स्थानीयस्तरसम्म पुर्याउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आग्रह  गरे । 

गाउँ सहर डेस्क

तपाईँको मत