समाज

बस र कार एकआपसमा ठोकिदा चालकको ज्यान गयो

बर्दिवास । बस र कार एकआपसमा ठोकिदा कार चालकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र सर्लाही सीमा क्षेत्रमा पर्ने बाँके जङ्गलमा बस र कार एकआपसमा ठोकिदा कार चालकको ज्यान गएको हो । 

जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा जाँदै गरेको ना ४ ख २७९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार आपसमा ठोक्किँदा कार चालक ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने चालक महोत्तरी जिल्ला मनरासिशवा नगरपालिका–१ का नागेन्द्र कुमार सिंह रहेका छन् । 

हिजो राति ८ बजे दुर्घटनामा गम्भीर घाइते भएका कार चालक सिंहलाई उपचारका लागि लामबन्दीतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि बस चालक र बसलाई नियन्त्रणमा लिएको छ साथै थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ

गाउँ सहर डेस्क

तपाईँको मत