गाउँ सहर

लाईटर खेलाउने क्रममा आग्लागी

बागलुङ । बच्चाले लाईटर चलाउँदा घरमा आग्लागी भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी बस्ने दलबहादुर किसानको अन्दाजी वर्षका ९ बालकले लाईटर खेलाउने क्रममा आगलागी हुँदा घर जलेर खरानी भएको हो ।

बुधबार दिउँसो करीब ११ः १५ बजे घरको बीच तलामा लाईटर खेलाउने क्रममा आगलागी  भई ढुंगा,माटोको दुई तले घर पूर्ण रुपमा जलेर खरानी भएको प्रहरी  जनाएको छ ।
आगलागीबाट मानवीय र चौपायामा कुनै क्षती नभएको प्रहरीको भनाई रहेको छ । तर घरमा भएको नगद ५२ हजार, तीन तोला सुन, कपडा, फर्निचर, विद्युत मिटरबक्स लगायत सामानहरु जलेर नष्ट भएको प्रहरीको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत