स्वास्थ्य

विश्वभर काेराेना संक्रमित मध्ये ९४.६ प्रतिशतकाे अवस्था मध्यम, एक लाख भन्दा बढि गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ८४ लाख जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ४९ लाख ३४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड ४८ लाख ३४ हजार नाघेको छ भने मृतकको संख्या १४ लाख ९९ हजार १७५ जना पुगेको छ । युराेपियन मुलुकहरूमा सबैभन्दा बढि १ कराेड ७६ लाख ४० हजार ८६७ जना संक्रमित छन् । एसियाका मुलुकहरूमा १ कराेड ७० लाख १ हजार २४३ जनामा काेराेनाले भेटेकाे छ ।

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ४७२ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ४३ लाख १३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ७९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २६ हजार १८७ को अवस्था गम्भीर छ । अहिलेसम्म ८४ लाख ६२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५५ लाख ७१ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९५ लाख ३३ हजार ४७१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३८ हजार ७५७ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८९ लाख ७० हजार १०४ जना निको भएका छन् । सक्रिय केस ४ लाख २४ हजार जना ७१० मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६४ लाख ३६ हजार जना संक्रमितमध्ये ५६ लाख ९८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७४ हजारभन्दा बढी छन् । हाल ५ लाख ६३ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ३६ हजार २४६ जना पुगेका छन् भने २ लाख १८ हजार १६१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ५३८ पुगेको छ भने १६ हजार ५४७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत