प्रेरणा

कामबाट गरिबी आउँदैन, जप गर्दा पाप बढ्दैन : मौन रहँदा कलह हुँदैन, जागा व्यक्तिलाई डरले सताउँदैन

काठमाडौँ । दिनको सुरुवा प्रेरक तथा जीवन प्रवचनसँग जोडिएका विचारबाट गरिए दिनभर सकारात्मक फल प्राप्त हुन सक्दछ । आचार्य चाणक्यले आफ्नो नीतिमा असफलता र दुखबाट बच्न सूत्र बताएका छन् । 

  • सुन्दर र ठूलो परिवारमा जन्म लिने व्यक्ति यदि बुद्धिहीन छ भने उसलाई मानसम्मान मिल्दैन ।
  • उपद्रो हुँदा, शत्रुद्वारा आक्रमण गर्दा, अकाल पर्दा, नराम्रा मान्छेको संगत हुँदा भाग्ने, उ जीवित रहन सक्छ ।
  • यदि कुनै वनमा एक वृक्ष जसमा सुन्दर र सुगन्धित फूल हुन्छ, त्यसले पूरै वन सुगन्धित हुन थाल्दछ । ठिक यसरी नै एक राम्रो सन्तानले पूरा कुल-सम्मान दिलाउँछ ।
  • जो व्यक्तिसँग सामर्थ्य छ अर्थात धनी छ, उसको लागि सारा चिज उनको पहुँचमा हुन्छ । जो व्यक्ति कर्म गर्दछन, उसको लागि केहिपनि टाढा छैन । विद्यावान व्यक्तिको लागि कुनैपनि शहर पराया हुँदैन । जो जहिल्यै मिठो बोल्छ, उसको कुनै शत्रु हुँदैन ।
  • कामबाट गरिबी आउँदैन । जप गर्दा पाप बढ्दैन, मौन रहँदा कलह हुँदैन, जागा व्यक्तिलाई डरले सताउँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत