समाज

 लागुऔषध सहित स्कुटर चालक पक्राउ

धनगढी ।  लागुऔषध सहित स्कुटर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने २५ वर्षीय आकाश चौधरी रहेका छन् । उनलाई स्कुटरमा लागु औषध खैरो हिरोइन बोकिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

चौधरीलाई जिल्लाको भजनी नगरपालिका–३ बाट  मंगलबार  करिब ३ ग्राम ५३ मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु ६३प ५० नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक चौधरीको साथबाट  लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ । 

 चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ 

गाउँ सहर डेस्क

तपाईँको मत