प्रविधि

चालक अनुमति पत्रका लागि तत्काल परीक्षा नहुने

काठमाडौं ।चालक अनुमति पत्रका लागि तत्काल गरीक्षा नहुने भएको छ ।  काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्ने बारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बर बहादुर कार्कीले बताएका छन्  । गत चैतदेखि  कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेको छैन ।

सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने कार्कीले बताए । उनले भने—“अवस्था केही सामान्य भएपछि परीक्षा लिन सकिन्छ ।” 

उनका अनुसार अनुमतिपत्र खोल्ने कहिले भन्ने धेरै सेवाग्राहीको चासो रहेको छ । उनले भने, “कतिले फोन गरेर र कतिले कार्यालयमा आएर कहिले अनुमतिपत्र खुल्छ भनेर सोध्ने गर्दछन् ।” 

प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरेपछि  नयाँ अनुमतिपत्र खुल्ला गरिनेछ । उपत्यकामा रहेका धेरै ड्राइभिङ प्रशिक्षण केन्द्रले अनुमतिपत्र चाँडै खुल्न लागेको भन्दै सेवाग्राहीलाई सिकाइरहेको हुँदा ड्राइभिङ सेन्टरहरुमा धेरै भीड लागेको देख्न सकिन्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत