गाउँ सहर

प्रहरी हत्या अभियोगमा जेल चलान

धनगढी । धनगढीमा प्रहरीको हत्या अभियोगमा पक्राउ परेका ८  जनालाई जेल चलान गरिएको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका उनीहरुलाई जेल चलान गरिएको हो । 

हत्या अभियोगमा पक्राउ परेका धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना,२५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना, जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढीका आठ जना पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ । 

गत कार्तिक १ गते गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए ।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने त्यसको दुई दिनपछि साउदलाई सोही नदीमा हत्या गरेकै अवस्थामा फेला पारिएको थियो । तस्करीको मटरमा अवरोध पुगाएपछि घरेलु हतिायरको प्रयोग गरी प्रहरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत