प्रविधि

किबोर्डमा भएका एफ १ देखि एफ १२ बटनका कार्य  

 काठमाडौं । कि बोर्डमा रहेका एफ १ देखि एफ १२ सम्मका बटनले फरक फरक काम गर्छन् । तिनले हामीलाई सहज रुपमा आफनो दैनिक काम गर्न मद्दत गरिरहेका हुन्छन् । एक फूल साइज किबोर्डमा १०१ देखि १०५ वटासम्म कि हुन्छन् । विशेष गरी १२ वटा कि को काम भने असाध्यै महत्वपूर्ण हुन्छ । 

एफ १ : जब हामी कम्प्युटर वा ल्यापटप अन गर्छौ । सोही बटनलाई दबाएर सिस्टमको सेटअपमा जान सक्छौ । यहाँबाट बुट प्रोसेस वा दोस्रो सेटिङ पनि परिवर्तन गर्न सकिन्छ ।

एफ २ : यो कि को मद्दतबाट कुनै पनि फाइलको रिनेम गर्न सकिन्छ । यसबाट सबै फाइललाई एकै खालको नाम दिनुपर्ने हो भने सबै सेलेक्ट गरेर त्यसमा दबाएपछि फाइलको नाम परिवर्तन गर्न सकिन्छ । माइक्रोसफट वर्डमा यो कि को प्रेस गर्ना साथ फाइलको प्रिन्ट प्रिभ्यू देख्न सकिन्छ ।

एफ ३ : विन्डोजमा यो कि को प्रयोग गरेर सर्च बक्स खोल्न सकिन्छ । कुनै फाइल वा फोल्डर सर्च गर्न सकिनेछ । एमएस डसमा यो कि दबाएपछि एक पटक टाइप गरेको कुरा दोस्रो पटक टाइप हुन्छ  ।

एफ ४ : माइक्रोसफट बर्डमा यो कि दबाए पछि पछिलो गरिएको कार्य पुनः देखाउछ । जस्तै जुन शब्द पहिले टाइप गरिएको थियो, उही पुनः आउछ । जुन शब्द बोल्ड गरिएको हुन्छ । पुनः त्यस्तै बोल्ड भएर आउछ ।

एफ ५ : कम्प्युटरलाई रिफ्रेश गर्न यो कि को प्रयोग गर्न सकिन्छ । यसले फाइललाई अटो अरेन्ज गर्दछ । पावरप्वाइन्टमा यसलाई दबाएपछि स्लाइड शो शुरु हुन्छ ।

एफ ६ :  यो कि को प्रेस गरेपछि बिन्डोजमा खुलेको फोल्डर्सको कन्टेन्ट देखिन्छ । माइक्रोसफट वर्डमा खुलेका धेरै डकुमेन्ट एक एक गरी हेर्नका लागि कन्ट्रोल,सिफ्ट र एफ ६ को प्रयोग गर्न सकिन्छ ।

एफ ७ : माइक्रोसफ्ट वर्डमा यो कि दबाएपछि कुनै पनि शब्द टाइप गर्दा अक्षरहरुको शद्धता पत्ता लगाउन सकिन्छ ।

एफ ८ : माइक्रोसफट वर्डमा टेक्स सेलेक्ट गर्नका लागि यो कि को प्रयोग गरिन्छ ।

एफ ९ : माइक्रोसफट आउट लुकमा यो कि को प्रयोग गरेर मेल पठाउन वा हेर्न सकिन्छ । केही ल्यापटपमा भने स्क्रिनको ब्राइटनेस नियन्त्रण समेत गर्न सकिन्छ ।

एफ १० : कुनै पनि सफटवेयरमा काम गरिरहेको भए यस कि लाई दबाएपछि मेन्यू खुल्दछ। सिफ्टको साथमा एफ १० थिचेपछि माउसको राइट क्लिकको काम हुन्छ ।

एफ ११ :  इन्टरनेट ब्राउजरको फूल स्क्रिन भ्यूका लागि यो कि को प्रयोग गर्न सकिन्छ ।

एफ १२  : माइक्रोसफट वर्डमा यो कि को प्रयोग गरेर फ्रेस गर्न वा सेभ एज अप्सन समेत खोल्न सकिन्छ । सिफ्टका साथमा एफ १२ थिचेपछि माइक्रोसफट फाइल सेभ गर्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत