शिक्षा

दरबार हाइस्कुलमा सर्वसाधारणले पढ्न मिल्ने लाइब्रेरी सञ्चालन गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नवनिर्मित दरबार हाइस्कुलमा सर्वसाधारणले पढ्न मिल्ने लाइब्रेरी सञ्चालन गर्ने भएको छ । लाइब्रेरी सञ्चालनका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ । 

हाइस्कूलमा लाइब्रेरी सञ्चालनका लागि आवश्यक तयारी  भईरहेको छ। उक्त लाइब्रेरीमा सबै किसिमका पुस्तकहरुको व्यवस्थापन गरिएको साथै उक्त लाइब्रेरी आकर्षक र आधुनिक किसिमको हुने कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले बताएका छन्  । 

लाइब्रेरीमा सदस्यता लिएका व्यक्तिले जुनसुकै स्थानमा बसेर अध्ययन गर्न सक्ने व्यवस्था रहेको छ। योजनाअनुसार काम भए अबको दुई महिनामा सञ्चालनमा आउने ढकालले बताए । 

कामपा क्षेत्रमा रहेका ९१ सामुदायिक  र ५४१ संस्थागत विद्यालयमा अध्ययन अध्यापन गर्ने सबै शिक्षक र विद्यार्थीका लागि पुस्तकालय उपयोगी हुने  छ । सदस्यता लिएको व्यक्तिलाई पुस्तकालय व्यवस्थापनले पासवर्ड दिने र इन्टरनेटमार्फत जुनसुकै ठाउँबाट सुविधा लिन सकिने व्यवस्था समेत गरिएको छ । यसले कोरोना कहरमा भौतिक दुरी कायम गरी आफ्नो पढाइलाई निरन्तरता दिन सक्ने विश्वास लिइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत