गाउँ सहर

फेसबुक एकाउन्ट ह्याक गरी ठगी गरेको अभियोगमा दुई जना पक्राउ

बारा । फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका–३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् । उनीहरुलाई फेसबुक एकाउन्ट ह्याक गरी  ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको हो । 

फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लिल तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाई उक्त रकम माग गरेको भनी जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने एक महिलाले प्रहरीलाई सूचना दिएको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्दा सुनसरी ईटहरी उपमहानगरपालिका–६ ईटहरी बजारमा रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत