अर्थतन्त्र

सुनको मूल्यमा वृद्धि

काठमाडौँ । सुनको मूल्यमा  वृद्धि भएको छ ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको हो । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज रु ९० हजार ५० तोकिएको महासङ्घले जनाएको छ ।

 त्यसैगरी,तेजाबी सुन  प्रतितोला रु ५०० ले वृद्धि भएको छ । चाँदी  सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि  भएर प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत