स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ४ कराेड ३९ लाखजना निकाे, १ लाख ५ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ८० लाख २५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ३९ लाख ८० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड ३५ लाख ८४ हजार नाघेको छ भने मृतकको संख्या १४ लाख ७३ हजार ७४१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार ९२९ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ३९ लाख १९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ७४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २५ हजार ३०७ को अवस्था गम्भीर छ । अहिलेसम्म ८२ लाख २२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५४ लाख २२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९४ लाख ६३ हजार २५४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३७ हजार ६५९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८८ लाख ८८ हजार ५९५ जना निको भएका छन् । सक्रिय केस ४ लाख ३७ हजार जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६३ लाख ३६ हजार जना संक्रमितमध्ये ५६ लाख १ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७३ हजारभन्दा बढी छन् । हाल ५ लाख ६१ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ३३ हजार ४५२ जना पुगेका छन् भने २ लाख १४ हजार ५२१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ५०८ पुगेको छ भने १७ हजार ४२३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत