प्रविधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन तस्करी गर्नेलाई आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटेश्वरका सुन पसले कुमार सेञ्चुरी र सुन ल्याउने गंगाबहादुर थापा मगर रहेका छन् । 

सिनांमगल स्थित गोल्डेन गेट अगाडी थापा मगरलाई शंकास्पद अबस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ११ लाख ८६ हजार  ५ सय रुपैँया फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

 राजश्व छलि गरी ल्याएको सुनको बालाहरु काठमाण्डौको कोटेश्वरमा स्काई ज्वलेर्स संचालन गरि बस्ने सेन्चुरीलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।  

प्रहरीले सो ज्बलेर्सबाट तस्करी गरी ल्याइको एक सय ५० ग्रामका तीन वटा सुनका बाला समेत बरामद गरेको जनाएको छ ।उनीहरुले विदेशबाट फर्कने कामदारलाई प्रयोग गरी सुन तस्करी गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत