गाउँ सहर

नाइजेरियामा ११० किसानको विभत्स हत्या

नाइजेरिया। नाइजेरियामा किसानहरुको घाँट रेटेर विभत्स हत्या गरिएको छ ।  इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको विभत्स ढंगले हत्या गरेको हो ।
उक्त समूहले खेतमा काम गरिरहेका किसानहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।

उक्त घटना गत शनिबार भएको थियो । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाइ आक्रमण गरेको थियो । घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मृतकको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अधिकारी एडवर्ड क्यालनले भने — यो घटना निर्दोष नागरिकमाथि भएको यो वर्षकै सबैभन्दा ठूलो हत्या  हो । म यो जघन्य अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन आग्रह गर्दछु ।’

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गर्दै उक्त घटनाबाट सिंगो देश घाइते भएको हुँदा दोषिलाई पक्राउ गरी सजायँ दिलाउने प्रतिबद्धता गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत