स्वास्थ्य

विश्वभर १ कराेड ८० लाख जनामा काेराेनाभाइरस सक्रिय, १४ लाख ६५ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ८० लाख ५८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ३५ लाख ४२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड ३० लाख ६६ हजार नाघेको छ भने मृतकको संख्या १४ लाख ६५ हजार ६८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार ५४९ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ३७ लाख ५० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ७३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २४ हजार ८२२ को अवस्था गम्भीर छ । अहिलेसम्म ८१ लाख ७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५३ लाख ७० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९४ लाख ३२ हजार ७५ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३७ हजार १७७ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८८ लाख ४६ हजार ३१३ जना निको भएका छन् । सक्रिय केस ४ लाख ४८ हजार ५८५ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६३ लाख १४ हजार जना संक्रमितमध्ये ५५ लाख ७८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७२ हजारभन्दा बढी छन् । हाल ५ लाख ६३ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ३१ हजार ९७८ जना पुगेका छन् भने २ लाख १२ हजार ५९० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ४७९ पुगेको छ भने १७ हजार ९०९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत