प्रविधि

कोरोनाको भ्याक्सिन कति प्रभावकारी ?

एजेन्सी । कोरोना विरुद्द खोपको परीक्षण तेस्रो चरणमा पुगेको छ । उक्त खोप अक्सफोर्ड र एस्ट्रेजेनेकाको संयुक्त साझेदारीमा निर्माण गरिएको हो । एस्ट्रेजेनेकाद्वारा निर्माण गरिएको खोपको प्रभाव ९४.५ देखि ९५ प्रतिशत सम्म देखिएको एजेन्सीले जनाइएको छ ।

त्यस्तै, मोर्डना र पी फइजरद्वारा निर्माण गरिएको खोपको प्रभाव भने ७० प्रतिशत हुने बताएकाे छ ।  एस्ट्रेजेनेकाद्वारा निर्माण गरिएको खोपले अन्यको तुलनामा कोरोनाविरुद्व लड्न मद्दत गर्ने जनाएको छ । 

पी फाइजरद्वारा निर्माण गरिएको सुरुवाती डोज बेलायत र अमेरिकामा वितरण हुनेछ । मोर्डनाद्वारा विकास गरिएको खोपको डोज सन् २०२१ को मध्यसम्म अमेरिकामा प्रयोगमा ल्याइने भएको छ  । खोप अक्सर्फड र एस्ट्रेजेनेकाद्वारा निर्माण गरिएकोले विश्वलाई प्रदान गर्ने खबर सार्वजनिक भएको छ । उक्त खोप गरिब तथा धनी राष्ट्रहरुलाई पूर्ण मात्रामा वितरण गर्ने एजेन्सीको भनाइ छ । 

एस्ट्रेजेनेकाले मध्यम र गरिब देशलाई मिलिअन डोज पुर्याउने बताएको छ । एस्ट्रजेनेकाले खोपबाट कुनै फाइदा नलिइ गरिब र मध्यम गरिब मूलूकलाई दिने भएको छ । स्ट्रेजेनेकालाई फ्रिज तापक्रम २ देखि ८ डिग्रीमा करिब ६ महिनासम्म राख्न सकिने छ भने मोर्डनालाई माइनस २० डिग्रीमा र पी फाइजरलाई माइनस ७५ डिग्री तापक्रममा राख्न जनाएकाे छ । पी फाइजर र मोर्डनालाई चाहिने तापक्रम उपलब्ध नहुने कारण यसको वितरणसहज हुन गरिब मूलूकलाई मुश्किल देखिएको छ । एस्ट्रेजेनेकाद्वारा निर्माण गरिएको खोपलाई फ्रिजीङ तापक्रममा राख्न आवश्यक नरहेको एजेन्सीको ठहर छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत