गाउँ सहर

सडक दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

काठमाडौं ।  सडक दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग स्थित कञ्चनपुरको बदेकोट नगरापलिका–१ दैजीमा सवारी दुर्घटनामा परी प्रहरी हवल्दार रामबहादुर विष्टको निधन भएको हाे ।   हवल्दार सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको से१क १४०६ नम्बरको ट्रकले ठक्कर दिदाँ उनको घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । विष्ट महाकाली स्थित झोलुंगे प्रहरी चौकीमा कार्यरत थिए ।

ट्रक चालक यज्ञराज भट्टराईलाई नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत